मधुमल्ला । व्यापार प्रबन्ध समिति मिक्लाजुङको अध्यक्षमा सेमन्तराज दाहाल सर्वसम्मत चयन हुनु भएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा जयगोपाल साह, उपाध्यक्षमा प्रकाश बस्नेत, महासचिबमा अमृत श्रेष्ठ, बाणिज्य सचिबमा खगेन्द्र भण्डारी, उद्योग सचिबमा पशुपति घिमिरे र कोषाध्यक्षमा सचिब रौनियार रहनु भएको छ । त्यस्तै, सदस्यहरुमा राधादेवी बोहोरा, बिष्णुकुमार राई, विराज राई, विनोद दर्नाल, रोशन कटुवाल, इन्दिरा राई र मुकेश साह रौनियार रहनु भएको छ । त्यस्तै, लेखा समिति संयोजक दिपक श्रेष्ठ, सदस्यहरुमा सन्तोष गौतम र हरिचन्द्र तामाङ रहनु भएको छ ।
ADVERTISEMENT