कमल गौतम

एउटा भाँडामा एउटा भ्यागुतो राख्नुहोस् र पानी हाल्नुहोस्। त्यसपछि बिस्तारै पानी तताउनुहोस्। पानीको तापक्रम बढ्दैजाँदा भ्यागुताले पनि त्यसको शरीरमा सोही अनुसार तापक्रम मिलाउदै जान्छ। सुरुमा त ‘आहा कति मज्जा आयो’ भन्छ। जब पानीको तापक्रम बढेर उम्लिनै लागेको हुन्छ त्यतिखेरचाहिँ उसले पानीको तापक्रमसँग आफ्नो शरीरको तापक्रम मिलाउन सक्दैन र पोल्न थालेकोले बाहिर निस्कने निर्णय गर्छ। अनि उसले बाहिर निस्कने कोशिश गर्छ तर सक्दैन किनभने उसले बढ्दो तापक्रमसँग आफ्नो शरीरको तापक्रम मिलाउदै गर्दा सबै तागत गुमाइसकेको हुन्छ। अनि ऊ छिट्टै मर्छ।
अब त्यो भ्यागुतोलाई केले मार्‍यो होला त? सोच्नुहोस् त! धेरै जनाले तातो पानीमा डुबेर मर्‍यो भन्नुहुन्छ होला। तर त्यो भ्यागुताको मृत्युको कारण तात्दै गरेको पानीबाट कहिले बाहिर उफ्रेर निस्कने भनेर निर्णय गर्न नसक्नु हो।
शुरुमा त के. पि. ओलिका रंगिन सपना बिस्तारै कथाको तात्तै गएको पानी जस्तै भयो तर नेकपा एमालेभित्र हुर्किरहेको `नितिहिनता नै निति , विधिहिनता नै विधि´ले यसरी गाँज्दै गयो कि `ओलि खराव नै हुन तर पार्टी फुटाउनु अपराध हो´, ब्याक्ती अस्थायी हो, पार्टी स्थायी हो, भनेर अत्यन्त पवित्र मनले एमालेभित्रै रहेर विधि, पद्धति र सिद्धान्तको लडाइँ लड्न रहनुभएका कमरेडहरु हिजो- आज कथाको भ्यागुतो जस्तै तापक्रम मिलाएर रहन सकिन्छ कि भनेर लागिरहनु भएको छ तर उहाँहरुले के कुरा भुल्नु भयो भने ओलि पार्टी होइन गुटको पनि गिरोह चलाएर आएका नेता हुन । आलोचना र आत्मअलोचनाको संस्कृतिलाइ नेतृत्वको भक्ति र परिक्रमाले प्रतिस्थापन गरेका नेता हुन । आजको एमालेमा प्रजातान्त्रिक प्रक्रियाले नेतृत्व चयन हुने अवस्था छैन किनभने एमाले अहिले जसोजसो केपी ओली त्यसैत्यसै स्वाहा: भन्ने अवस्थामा छ।
एमालेभित्रका कम्युनिस्ट नेता – कार्यकर्ताले अब गम्भीर भएर सोच्ने समय आएको छ, भाँडाको मायाले तापक्रम मिलाउदै निष्क्रिय जीवन बिताउने वा कम्युनिस्ट आन्दोलन जोगाउन बिद्रोह गर्ने?
#आगे_जो_बिचार।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय