
उर्लाबारी । ‘मानिसको रगत नालीमा हैन, नाडीमा बगाऔँ’ भन्ने नाराका साथ सन्त निरंकारी मण्डल नेपाल उपशाखा उर्लाबारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार उर्लाबारी–७ बरगाछीमा मानव एकता दिवसको अवसरमा सो रक्तदान कार्यक्रम गरेको हो । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन गरिएको छ । कार्यक्रम संस्थाका नगर अध्यक्ष चन्द्रबहादुर बिश्वकर्माको सभापत्वि एब उर्लाबारी नगरपालिका वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापाको प्रमुख आतिथ्यतामा भएको थियो । २०६२ सालमा स्थापना भएको संस्थाले विश्वका १०६ राष्ट्रमा सामाजिक कार्य गर्दै आएको अध्यक्ष बिश्वकर्माले जानकारी दिनुभयो । सरसफाई, रक्तदानजस्ता विविध सामाजिक सेवामा संस्था अग्रसर रहँदै आएको उहाँले उल्लेख गर्नुभयो ।