
उर्लाबारी, धिमाल समुदायको महान् पर्व जात्री विभिन्न साँस्कृतिक कार्यक्रमसहित भव्यताका साथ सम्पन्न भएको छ ।
उर्लाबारी–३ मंगलबारेस्थित धिमाल जातीय विकास केन्द्रको परियोजना स्थलमा हजारौँको उपस्थितिमा आज जात्री सम्पन्न भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सरकारका पूर्वमन्त्रीहरु तिलकुमार मेन्याङ्बो, निर्मला लिम्बू, प्रदेश सांसदहरु, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेललगायतको आतिथ्यता रहेको थियो । विविध सांस्कृतिक कार्यक्रमका साथ जात्री समापन भएको हो । धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष अमर धिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।