उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. को इकाईगत साधारणसभा सुरु भएको छ ।
शुक्रबारबाट हाम्रो साकोसको इकाईगत साधारणसभा सुरु भएको हो । शुक्रबार ५, ६ र ७ को संस्थाको सभाहलमा इकाईगत साधारणसभा भएको छ भने शनिबार उर्लाबारी–१ को झारसाँदी, मिक्लाजुङ, उर्लाबारी–२, ३ र पथरीशनिश्चरेको उर्लाबारी–३ दुर्गामन्दिर, उर्लाबारी–४ को उर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी– ८ र ९ शिशु शिक्षा सदन दुर्गापुरी, रतुवामाई–८, ९ र १० को राष्ट्रनिर्माण बोर्डिङ सोमबारेमा हुने ब्यवस्थापन चक्र खड्काले जानकारी दिनुभयो । २८ गते संस्थाको सभाहलमा पूर्ण साधारणसभा हुने उहाँको भनाई छ । २०५३ मंसिरमा स्थापना भएको उक्त सहकारीमा ७ हजार २ सय ६० जना शेयर सदस्यहरु रहेका छन् । संस्थाले विहान १० बजेदेखि बेलका ७ बजेसम्म कारोबार गर्ने गरेको छ । संस्थाले ८ हजार ५ सय शेयर सदस्य पु¥याउने लक्ष्य राखेको छ । शेयरपुँजी ४ करोड ९५ लाख, बचत ४६ करोड २९ लाख, ऋण लगानी ४९ करोड २९ लाख, संस्थागत पुँजी ४ करोड १९ लाख, अचत सम्पति १ करोड ४५ लाख, कुल सम्पति ६० करोड पु¥याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष ढकबहादुर थापा (डिबी) ले जानकारी दिनुभयो ।
ADVERTISEMENT