
उर्लाबारी । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लिग (वाइसिएल) उर्लाबारी नगर कमिटीको सातौं अधिवेशनको उद्घाटनमा कोशी प्रदेशका पूर्व मन्त्री दुर्गाप्रसाद चापागाईं आउनु हुनुभएको छ ।
साउन १० गते उर्लाबारी–४ को जय बशिष्ट रिर्सोटमा हुने अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्व मन्त्री चापागाई आउने हुनुभएको हो । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सदस्य किरण भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । उर्लाबारीका युवाहरुलाई वाइसिएल संगठित गराउँदै थप चलयमान बनाउने जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य दिपक आले मगरले जानकारी दिनुभयो ।