
१४ बर्षीया बालिकालाई जवरजस्ती करणीको अभियोगमा पक्राउ परेका मोरङको कटहरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष ३९ को गणेश राजबंशीलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।
गत असार ९ गते मोरङ जिल्ला बस्ने बर्ष १४ की सांकेतिक नाम विराटनगर १५६ (क) लाई ललाई फकाई जवरजस्ती करणी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । जवरजस्ती करणी मुद्दामा अनुसन्धान पश्चात मोरङ जिल्ला अदालतको आदेशले राजबंशीलाई पुर्पक्षको लागि कारागार चलान भएको प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिनुभयो ।