
दिपेन बराईली
उर्लाबारी । मोरङको उर्लाबारी –२ मा रहेको शान्ति आधारभूत बिद्यालयले शैक्षिक सुधारमा जोड दिएको छ । २०३५ सालमा स्थापना भएको सो बिद्यालयले शैक्षिक सुधारमा जोड दिएको हो । उक्त बिद्यालयमा नर्सरी देखि कक्षा ८ सम्म पढाई हुने गरेको छ ।
बिद्यालय ब्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष मातृका धिमालका अनुसार बिद्यालयमा विद्यार्थी १ सय २० रहेका छन् । शिक्षक कर्मचारी भने १३ रहेका छन् । २०८० को भर्ना अभियानमा बिद्यालयमा नर्सरी देखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन समेटिएसँगै विद्यार्थीहरुको आकर्षण बढेको छ ।
विद्यार्थीहरुलाई पोशाक , टाई बेल्ट , जुत्ता , परिचयपत्र अनिवार्य गरिएको छ । शिक्षक र विद्यार्थीहरु बीचमा बोलचाल गर्दा अंग्रेजी भाषाको प्रयोग गर्न थालिएको छ । शिक्षकहरुलाई विहान ९ बजेर ४५ मिनेट अगाबै बिद्यालय उपस्थित हुनु पर्ने व्यवस्था मिलाएको छ । अध्यक्ष धिमालले बिद्यालयलाई गुणस्तरीय र भरपर्दो बनाउन संचालक समिति, शिक्षकका छोराछोरीहरुलाई सोही बिद्यालय वा पायक पर्ने सामुदायिक बिद्यालयमा पढाउनको लागि जोड दिएको बताउनुभयो ।
आगामी दिनमा बिद्यालयको भौतिक विकास, शैक्षिक विकास, प्राबिधिक बिकास, बिद्यालयलाई राम्रो र भरपर्दाे बनाउन आवश्यक पर्ने सम्पूर्ण कुरालाई मध्यनजर गर्दै अघि बढ्ने अध्यक्ष धिमालको भनाई छ । शान्ति आधारभूत बिद्यालयलाई उर्लाबारी नगरको एउटा नमुना बिद्यालयमा परिमार्जित गर्ने गरी काम गर्ने समेत अध्यक्ष धिमालले बताउनुभयो । प्रशिक्षार्थी पत्रकार