
उर्लाबारी । नेपाल मगर संघको ४१ औं स्थापना दिवस मोरङको मिक्लाजुङमा मनाइएको छ ।
आज मिक्लाजुङ–३ मा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।
मिक्लाजुङ–३ को धरधरे हुँदै कालिदह, धोवनी, शिखर टोल, चौतारा हुँदै पुनः धरधरेमा आएर ¥याली निकालिएको थियो । ¥यालीमा मगर समूदायका युवायुवती जातीय पहिरनमा सजिएर सहभागी भएका थिए ।
मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेललगायत ¥यालीमा सहभागी बन्नुभएको थियो । ¥याली पश्चात भएको कार्यक्रममा मिक्लाजुङ वडा नं. ३ का वडाध्यक्ष सन्तोष मगर, मगर संघ मिक्लाजुङ अध्यक्ष डिकेन्द्र मगर, पूर्व जिल्ला सदस्य गणेश मगरलगायतले बोल्दै मगर समूदायको संस्कृति संरक्षणमा सबै चनाखो बन्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा हुर्रा नाचलगायत प्रस्तुत गरिएको थियो भने कार्यक्रम सञ्चालन प्रमिला मगरले गर्नुभएको थियो । कार्यक्रम नेपाल मगर संघ मिक्लाजुङका उपाध्यक्ष लोकबहादुर मगरको सभापतित्वमा भएको थियो ।