उर्लाबारी । मोरङको उर्लाबारीमा फेरि उर्लाबारीमा होण्डाको शोरुम सञ्चालनमा आएको छ । आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले शोरुमको उद्घाटन गर्नुभयो । होण्डा ब्राण्ड मोटरसाइकलको आधिकारिक बिक्रेता ऋषियाना अटोमोवाईल प्रा.लि. उर्लाबारी रहेको छ । प्रालिका अध्यक्ष रञ्जित चौहानको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारीका नगरसभापति सुरेन्द्र लिम्बू, उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का सदस्य प्रितम खड्गी, रेडक्रस सोसाइटी उर्लाबारीका अध्यक्ष मदनबाबु प्रसाईलगायतले बोल्नुभयो । संचारकर्मी मन नेम्बाङले कार्यक्रम सञ्चालन गर्नुभयो । उद्घाटनको अवसरमा एक्सचेञ्ज अफर ल्याएको छ । होण्डाको नयाँ प्रस्तुतिको रूपमा रहेको ३ सय ५० सिसिको हाईनेस बाईक र २ सय सिसिको हर्नेट बाईकसहित अन्य नयाँ मोटरसाइकलहरु अब उर्लाबारीको सोरुममा उपलब्ध रहेकोे सञ्चालक मिलन गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार जुनसुकै कम्पनीको मोटरसाइकल ल्याएपनि एक्सचेञ्ज अफरअन्तर्गत होण्डाका बाईक एवं स्कुटीहरु लान सकिने र प्रत्येक मोटरसाइकलमा न्यूनतम ५ हजारको छुट अफरसमेत रहेकोे छ । एक्सचेञ्ज अफर एक साता सम्म रहनेछ । उर्लाबारीमा चाडै अत्याधुनिक उपकरणसहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याईने र पथरी लगायतका क्षेत्रमा समेत शाखा मार्फत सेवा दिने साथै फाईनान्सको ब्यवस्थापन गरिएको छ ।
ADVERTISEMENT