उर्लाबारी । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नं. १ बाट ३ जना प्रतिनिधि छनौट गरिएको छ ।
मोरङको उर्लाबारीमा आज भएको भेलाले उर्लाबारीका बलबहादुर घिसिङ, लेटाङकी शान्ति पाख्रिन र मिक्लाजुङका गंगा घिमिरेलाई सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट गरेको हो । मोरङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिको आंकाक्षी धेरै भएपनि सहमतिमै छनौट गरिएको नेता मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सो पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय