
उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. १ को कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
नवनिर्मित वडा कार्यालय र आधारभूत सेवा केन्द्रको भवनबाट सेवा सुरु गरिएको उर्लाबारी वडा नं. १ का वडाध्यक्ष तिलक पाण्डेले जानकारी दिनुभयो । यसअघि दुबै कार्यालय भाडामा रहँदै आएका थिए ।