विराटनगर, नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी ५० हजार ५१ रुपैयाँ रहेको छ । सो पुरस्कारबाट यसअघि धर्मेन्द्र झा, शिव गाउँले, तारानाथ दाहाल र विनय कसजू पुरस्कृत भइसकेका छन् ।

यसैगरि षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७८ कान्तिपुर दैनिकका मोरङ सम्वाददाता देवनारायण साहलाई प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारको राशी १५ हजार १५ रहेको छ । सो पुरस्कारबाट यसअघि मोहन काजी, गणेश लम्साल र राजु श्रेष्ठ पुरस्कृत भइसकेका छन् । कार्यसमितिको शनिबार विराटनगरमा बसेको सातौँ बैठकले दुवै पुरस्कारको निर्णय गरेको महासंघका अध्यक्ष संजीव खनालले बताए ।

नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसको अवसरमा आगामी १६ चैतमा विराटनगरमा पुरस्कार वितरण गरिने महासंघ मोरङका सदस्य तेजन खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय