
काठमाडौं, अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार भएको मतदानको परिणाम धमाधम आउन थालेका छन्।
बीबीसीका अनुसार भर्खरै न्यु ह्याम्पसायरमा जाे बाइडनले र लुइजिआनामा डाेनल्ड ट्रम्पले जित्ने प्रक्षेपण गरिएको छ।न्यु ह्याम्पसायरमा ४ र लुजिआनामा ८ इलेक्टोरल मत छन्।
अहिलेसम्मको परिणामअनुसार ट्रम्पले ९९ र बाइडेनले ९८ इलेक्टोरल मत जितेका छन्।
अमेरिकाको राष्ट्रपति हुन २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ।
अहिलेसम्म प्राप्त परिणामअनुसार प्रतिस्पर्धामा रहेका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडेनको अवस्था यस्तो छ :
डोनल्ड ट्रम्प अगाडि
-साउथ क्लारइना (९ इलेक्टोरल मत)
-आलाबामा (९)
-नोर्थ डकोटा (३)
-साउथ डकोटा (३)
-आर्कन्सो (६)
-वेस्ट भर्जिनिआ (५)
-टेनसी (११)
-केन्टकी (८)
-इन्डिआना (११)
जो बाइडेन अगाडि
-न्यु मेक्सिको (५ इलेक्टोरल मत)
-कोलराडो (९)
-कनेटिक (७)
-न्यूयोर्क (२९)
-न्युजर्सी (१४)
-भर्मोन्ट (३)